सानिमा जनरलको आईपीओ बाँडफाँड सम्पन्न, ५.९१ लाख आवेदकको हात रित्तो

2020-10-16
सानिमा जनरलको आईपीओ बाँडफाँड सम्पन्न, ५.९१ लाख आवेदकको हात रित्तो

काठमाण्डौ । सानिमा जनरल इन्स्यारेन्स लिमिटेडको आईपीओ बाँडफाडँ आज शुक्रबार बिहान भएको छ। आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको अनामनगरस्थित मुख्य कार्यालयमा गरिएको हो। 

उक्त बाँडफाँड कार्यक्रम क्यापिटलको फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। गोलाप्रथा विधिबाट गरिएको उक्त बाँडफाँडमा २ लाख ७३ हजार आवेदकको भागमा १० कित्ताको दरले आईपीओ परेको छ भने बाँकि ५ लाख ९१ हजार आवेदकको हात भने रित्तो भएको छ। 

कम्पनीले असोज २१ गतेदेखि असोज २५ गतेसम्म ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता निश्कासन गरेकोमा १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुटयाइएको थियो। बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणका लागि छुट्याइएको थियो।

 


Share this with your friends: