सानिमा जनरल इन्स्योरेन्सको आईपीओ निष्कासन असोज २१ बाट

2020-10-01
सानिमा जनरल इन्स्योरेन्सको आईपीओ निष्कासन असोज २१ बाट

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले असोज २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। 

यो कम्पनीको आइपीओ असोज १ गतेदेखि निश्कासन भई छिटोमा असोज २५ गते निश्कासन बन्द हुनेछ । सो अवधिसम्म आइपीओ नबिके कात्तिक ६ गतेसम्मका लागि आवेदन दिने समय लम्ब्याइनेछ । 

यो कम्पनीले पनि १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता आइपीओ निश्कासन गर्नेछ । 

कुल निश्कासन हुने कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई सुरक्षित गरिएको छ । बाँकी रहको २७ लाख ३० हजार कित्ता भने सर्वसाधारणको लागि छुट्याइएको छ । 

सानिमा जनरल इन्स्योरेसको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिट लिमीटेड रहेको छ । 

यो कम्पनीको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

हाल यो कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओबाट ३० करोड जुटेपछि १ अर्ब रुपैयाँ हुनेछ । 


Share this with your friends: