सानिमा जनरलको आईपीओ बाँडफाँड शुक्रबारसम्म हुन सक्ने

2020-10-14
सानिमा जनरलको आईपीओ बाँडफाँड शुक्रबारसम्म हुन सक्ने

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड शुक्रबार हुने सम्भावना रहेको छ। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडले सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्भवत शुक्रबारसम्म हुन सक्ने जनाएको छ। कम्पनीले यसका लागि तयारी समेत गरिरहेको जनाएको छ। 

आईपीओ खरिदका लागि परेको ८ लाख ६६ हजार आवेदनलाई प्रमाणिकरण गरि बाँडफाँड गरिने क्यापिटलले जानकारी दिएको छ। 

यो कम्पनीले असोज २१ गतेदेखि असोज २५ गतेसम्म ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता निश्कासन गरेकोमा १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुटयाइएको थियो। बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणका लागि छुट्याइएको थियो।

कम्पनी चुक्तापुँजी १ अर्ब पुर्याउन आईपीओ निष्कासन गरेको हो। हाल कम्पनीको चुक्तापुँजी ७० करोड रुपैयाँ रहेको छ। 

 


Share this with your friends: