सिटिजन म्युचुअल फन्ड १ र २ का लागि नगद लाभांस घोषणा

2021-08-18
सिटिजन म्युचुअल फन्ड १ र २ का लागि नगद लाभांस घोषणा

काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सीबीआईसीएल क्यापिटलद्वारा व्यवस्थापन गरिएको दुई म्युचुअल फन्डको लाभांस घोषणा गरिएको छ । सिटिजन म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन म्युचुअल फन्ड १ र सिटिजन म्युचुअल फन्ड २ का इकाइधनीहरुका लागि लाभांस घोषणा गरिएको हो । 

आर्थिक वर्ष २०७७/७८ का लागि सिटिजन म्युचुअल फन्ड १ का इकाइधनीहरुका लागि ४० प्रतिशत नगद लाभांस र सिटिजन म्युचुअल फन्ड २ का लागि पनि ४० प्रतिशत नगद लाभांस वितरणको घोषणा गरिएको हो ।  


Share this with your friends: