सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

2022-01-10
सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागि स्वास्थ्य सम्बन्धी आवश्यक सहयोग पुर्‍याउने  उद्देश्यले सम्झौता भएको सिटिजन लाइफले जनाएको छ । 

उक्त सम्झौता अनुसार सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा निजका परिवारका सदस्यहरुले ओम हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधि खरिदमा विशेष छुट पाउने छन् ।

सम्झौता पत्रमा सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरे । कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, अस्पतालका व्यवसाय विकास व्यवस्थापक बिनोद अधिकारी र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिति थियो ।

यस सम्झौताले कम्पनीसँग आबद्ध सम्पूर्ण ग्राहक, कर्मचारी र अभिकर्ता लाभान्वित हुने कम्पनीले जनाएको छ । सिटिजन लाइफले आगामी दिनहरुमा अरु सेवा प्रदायक संस्थाहरुसंग सहकार्य गर्दै जाने जनाएको छ ।


Share this with your friends: