सिनर्जी पावर डेभलपमेन्ट कम्पनीद्वारा लाभांस तथा हकप्रद सेयरको प्रस्ताव

2021-08-09
सिनर्जी पावर डेभलपमेन्ट कम्पनीद्वारा लाभांस तथा हकप्रद सेयरको प्रस्ताव

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांस तथा हकप्रद सेयरको प्रस्ताव गरेको छ । कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट लाभांस वितरण तथा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । 

बैठकले २०७८ मसान्तसम्मको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ नगद लाभांस गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । यस्तै कम्पनीले प्रस्तावित बोनस सेयर जारी पश्चात कायम हुने चुक्तापूँजीको दुई बराबर एक अर्थात २ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरिएको छ । 

कम्पनीद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँको १० प्रतिशतका दरले हुन आउने ७ करोड ३३ लाख २५ हजार रुपैयाँ र ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ०९४.७५ रुपैयाँबराबरको नगद लाभांस रहेका छन् ।   


Share this with your friends: