सिभिल लघुवित्तद्वारा लाभांस प्रस्ताव

2021-09-30
सिभिल लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १३ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट २०७८ असार मसान्तमा कायम रहेको चुक्तापूँजी २४ करोड २१ लाख २१ हजार ३७९.५० रुपैयाँको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा १९ प्रतिशतले हुन आउने ४ करोड ६० लाख ३ हजार ६२.१० रुपैयाँबराबरको बोनस सेयर र १ प्रतिशतले हुन आउने २४ लाख २१ हजार २१३.८० रुपैयाँबराबरको नगद लाभांस(कर प्रयोजनका लागि)रहेका छन् । 

संस्थाद्वारा प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।   


Share this with your friends: