सिभिल बैंकद्वारा लाभांस प्रस्ताव

2021-12-21
सिभिल बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको आज(पुस ५ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांस गरी कुल ५.२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। बैंकद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजी ८ अर्ब ६४ करोड ३६ लाख ६० हजार ८४७.७९ रुपैयाँको ५ प्रतिशतले हुन आउने ४३ करोड २१ लाख ८३ हजार ०४२ रुपैयाँ बराबरको बोनस सेयर र ०.२६ प्रतिशतले हुन आउने २ करोड २७ लाख ४६ हजार ४७५.९२ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।


Share this with your friends: