सुर्खेतको मैनतडामा सिभिल लघुवित्तको ७५ औँ शाखा सञ्चालनमा

2022-01-09
सुर्खेतको मैनतडामा सिभिल लघुवित्तको ७५ औँ शाखा सञ्चालनमा

काठमाण्डौ। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले सुर्खेत जिल्लाको मैनतडामा ७५ औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। 

संस्थाले यस शाखा स्थापनासंगै कर्णाली प्रदेशमा समेत आफ्नो उपस्थिति जनाएको छ।

‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिँदै संस्थाले विपन्नवर्गका समुदायहरुको समृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ आफ्नोे सेवाहरु ६३ हजार घरपरिवारमा पुर्याएको छ।


Share this with your friends: