सूर्योदय लघुवित्तद्वारा लाभांस प्रस्ताव

2021-03-15
सूर्योदय लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आ.व २०७६/७७ को मुनाफाबाट १५.३४५७७३४ प्रतिशत बोनस सेयर र ०.८०७६७२३ प्रतिशत नगद लाभांस गरी १६.१५३४४५७ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। संस्थाद्वारा प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी २१ करोड ५० लाख ४२ हजार ९२५ रुपैयाँको १५.३४५७७३४ प्रतिशतले हुन आउने ३ करोड ३० लाख रुपैयाँ बराबरको बोनस सेयर र ०.८०७६७२३ प्रतिशतले हुने आउने १७ लाख ३६ हजार ८४२ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।  

 


Share this with your friends: