सेन्ट्रल फाइनान्सद्वारा लाभांस प्रस्ताव

2021-12-16
सेन्ट्रल फाइनान्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले गत आर्थिक वर्ष २०७७/७८ मा बाँडफाँडका लागि उपलब्ध मुनाफामध्ये चुक्तापूँजीको ७.७ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांस गरी कुल ११ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा चुक्तापूँजी ८८ करोड १० लाख ३५ हजार ७०९.१३ रुपैयाँको ७.७ प्रतिशतले हुन आउने ६ करोड ७८ लाख ३९ हजार ७४९.५९ रुपैयाँबराबरको बोनस सेयर र ३.३ प्रतिशतले हुन आउने २ करोड ९० लाख ७४ हजार १७८.४० रुपैयाँबराबरको नगद लाभांस रहेको छ । 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी २५ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: