स्वरोजगार लघुवित्तद्वारा लाभांस प्रस्ताव

2021-09-08
स्वरोजगार लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षक लागि लाभांस प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि साविकको जनकपुर लघुवित्त प्राप्तिपश्चात प्राप्त भएको पूजीगत जगेडा कोष तथा आर्थिक वर्ष २०७७/७८ सम्मको वितरणयोग्य मुनाफाबाट वित्तीय संस्थाका सेयरधनीहरुलाई २५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांसमा हाल कायम रहेको चुक्तापूँजी ४१ करोड १२ लाख ७९ हजार २९७  रुपैयाँको २५ प्रतिशतले हुन आउने १० करोड २८ लाख १९ हजार ८२४ रुपैयाँबराबरको बोनस सेयर रहेको छ । 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: