हकप्रद सेयर लिलामीमा राख्दै साना किसान विकास लघुवित्त

2021-03-02
हकप्रद सेयर लिलामीमा राख्दै साना किसान विकास लघुवित्त

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। संस्थाले २०७२ मंसिर २५ गतेदेखि पुस ३० गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा आवेदन नपरेका १२ हजार ४४२ कित्ता हकप्रद सेयर फागुन २८ गतेदेखि लिलामीमार्फत बिक्री गर्न लागेको हो। 

लिलामीमा राख्न लागिएको कुल हकप्रदमध्ये ३ हजार ३६८ कित्ता संस्थापक समूहतर्फ र ९ हजार ०७४ कित्ता सर्वसाधारण समूहतर्फको रहेका छन्। सर्वसाधारण समूह तर्फको हकप्रदमा इच्छुक व्यक्ति,कम्पनी,संघ संस्थाहरुले आवेदन दिन सक्नेछन्। यस्तै संस्थापक समूहतर्फको हकप्रदमा संस्थापक साना किसान सहकारी संस्थाकहरुले आवेदन दिन सक्नेछन्। 

हकप्रदको न्युनतम मूल्य १०० रुपैयाँ तोकिएको हुँदा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा न्युनतम १०० कित्ता वा सो भन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा आवेदन दिनु पर्नेछ। १० अंकको भागाले आवेदन गर्नुपर्ने भएता पनि संस्थापक समूहको हकमा अधिकतम आवेदन गर्ने आवेदकले पूर्ण ३३६८ कित्ता र सर्वसाधारण समूहको हकमा पूर्ण ९०७४ कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

यो हकप्रदको बिक्री प्रबन्धकको रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले नविल इन्भेष्टमेन्ट बैंकिङ नक्साल, साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरु बिर्तामोड,इटहरी, अत्तरिया,बनेपा,नेपालगञ्ज,हेटौँडा,बुटवल,गजुरी,पोखरा,बीरेन्द्रनगर र बर्दिवासमा चैत १३ गते अपरान्ह १ बजेभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।

 


Share this with your friends: