हिमालयन डिष्टिलरीको वार्षिक साधारण सभा सम्पन्न

2022-01-13
हिमालयन डिष्टिलरीको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएकाुे छ । 

कम्पनीको २१ औँ वार्षिक साधारण सभा पुस २८ गते बुधबार वीरगञ्जमा सम्पन्न भएको हो । उक्त सभाबाट कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांस गरी कुल १०० प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ ।  

भामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिएको छ ।  


Share this with your friends: