हिमालयन हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

2022-04-17
हिमालयन हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले हिमालयन हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले चैत ४ गते कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो । 

निष्कासनको अनुमति पाएसँगै अब कम्पनीले आयोजना प्रभावित र आम सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिट ल रहेको छ । 


Share this with your friends: