हिमालयन हाइड्रोपावरले वैशाख २५ गतेदेखि आईपीओ निष्कासन गर्ने

2022-04-29
 हिमालयन हाइड्रोपावरले वैशाख २५ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडले आगामी वैशाख २५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न.१(साविक पार्चे गाविसका सम्पूर्ण वडाहरु)मादी गाउँपालिका वडा न.२(साविकको नामार्जुन गाविसका सम्पूर्ण वडाहरु)मादी गाउँपालिका वडा न. ३ र ४(साविकको थुमाकोडाँडा गाविसकका सम्पूर्ण वडाहरु र मादी गाउँपालिका वडा न. ६ र ७(साविकको सिल्दुजुरे गाविसका सम्पूर्ण वडाहरु)का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । 

कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ९ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जुन कम्पनीको विद्यमान जारीपूँजी रु.१ अर्ब ९ करोड ५० लाखको ८.२२ प्रतिशत हुन आउँछ ।   

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा आगामी जेठ ८ गते र ढिलोमा जेठ २३ गते बैंकिङ समयपछि हुनेछ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


Share this with your friends: