हिमालयन डिष्टलरीद्वारा लाभांस वितरणको प्रस्ताव, साधारण सभा र बुक क्लोज कहिले ?

2020-12-18
हिमालयन डिष्टलरीद्वारा लाभांस वितरणको प्रस्ताव, साधारण सभा र बुक क्लोज कहिले ?

काठमाण्डौ ।  हिमालयन डिष्टलरी लिमिटेडले सतप्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले गत आर्थिक वर्षको मुनाफा तथा संचित मुनाफाबाट कम्पनीका सेयरधनीलाई चुक्तापूँजीको ५० प्रतिशत बोनस सेयर(कायम दुई सेयरमा एक बोनस सेयर) र प्रति सेयर रु.५० का दरले हुन आउने नगद लाभांस(कर प्रयोजनार्थ समेत) वितरणको प्रस्ताव गरेको हो। 

लाभांस वितरणको प्रस्तावसँगै कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभाको मिति र स्थान समेत तय गरेको छ। सञ्चालक समितिले कम्पनीको २० औँ वार्षिक साधारण सभा आउँदो पुस २९ गते बुधबारका दिन पर्सा जिल्ला विरगंज महानगरपालिका वडा.न. २१ स्थित कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा आयोजना गर्ने निर्णय गरेको छ। 

कम्पनीद्वारा प्रस्तावित सतप्रतिशत लाभांस वितरणको प्रस्ताव पुस २९ गते आयोजना हुन गईरहेको कम्पनीको २० औँ वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिनेछ। 

कम्पनीले साधारण सभा तथा लाभांस वितरण प्रयोजनार्थ आउँदो पुस १७ गते शुक्रबार एक दिनका लागि बुक क्लोज(सेयरधनी दर्ता किताब) गर्ने निर्णय गरेको छ। यसर्थ पुस १६ गतेसम्म कम्पनीको सेयर कोरोबार गरी सेयर खरिद गरेर नियमअनुसार सेयर नामसारी गरेका सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र वार्षिक साधारण सभामा भाग लिन योग्य ठहरिनेछन्। 

 


Share this with your friends: