मेरोमाइक्रोफाइनान्स लघुवित्तको ५ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा

2021-08-24
मेरोमाइक्रोफाइनान्स लघुवित्तको ५ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर लिलामीमा राखिएको छ । संस्थाको संस्थापक समूहको ५ लाख ८३ हजार ५९८ कित्ता सेयर आज(भदौ ८ गतेदेखि)लिलामीमा राखिएको हो । 

यो सेयरमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति तथा संगठित संस्थाले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । 

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५८० रुपैयाँ निर्धारण गरिएकाले लगानीकर्ताले बोलपत्र आवेदन पेश गर्दा न्यूनतम मूल्यभन्दा बढी मूल्यमा बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र सोभन्दा बढी सेयरका लागि १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
 लगानीकर्ताले भदौ १६ गतेसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । लगानीकर्ताले एनएमबी क्यापिटल लिमिटेड नागपोखरी काठमाण्डौमा आईपुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ । 


Share this with your friends: