सेबोनद्वारा एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति

2021-12-09
सेबोनद्वारा एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट मंसिर २० गते ८ वर्षे अवधिको ८.५ प्रतिशत ब्याज दर भएको एभरेष्ट बैंक डिबेन्चर नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो ।

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका २० लाख कित्ताले हुन आउने २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्नेछ। कुल निष्कासनमध्ये १२ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। 

८ वर्षे अवधिको यो ऋणपत्रको वार्षिक ब्याजदर ८.५ प्रतिशत हुनेछ। 


Share this with your friends: