प्रोग्रेसिभ फाइनान्सले गर्यो लाभांस वितरणको प्रस्ताव

2021-12-17
प्रोग्रेसिभ फाइनान्सले गर्यो लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले गत आर्थिक वर्ष २०७७/७८ सम्ममा बाँडफाँडका लागि उपलब्ध मुनाफाबाट हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांस गरी कुल ७.३६८४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा चुक्तापूँजी ८० करोड १ लाख रुपैयाँको ७ प्रतिशतले हुन आउने ५ करोड ६० लाख ७ हजार रुपैयाँबराबरको बोनस सेयर र ०.३६८४ प्रतिशतले हुन आउने २९ लाख ४७ हजार ७३६.८४ रुपैयाँबराबरको नगद लाभांस(कर प्रयोजनका लागि)रहेको छ । 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी २५ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: