प्रुडेन्सियल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

2022-03-31
प्रुडेन्सियल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २० औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी वैशाख ११ गते आइतबारका दिन  पर्सा जिल्लाको विरगञ्जमा रहेको दियालो लर्डस प्लाजामा सभा आयोजनाा गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांस गरी कुल ७.३६८ प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिनेछ। सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न नियमनकारी नियायबाट कुनै फेरबदल गर्न सुझाव प्राप्त भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाइृ पूर्ण अख्तियारी प्रदान गरिनेछ ।  

यसैगरी आ.व २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ। सभामा आ।व २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 

साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले चैत २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 


Share this with your friends: