माछापुच्छ्रे बैंकको स्थगित साधारण सभा आउँदो पुस २ गते आयोजना हुने

2020-11-29
माछापुच्छ्रे बैंकको स्थगित साधारण सभा आउँदो पुस २ गते आयोजना हुने

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको स्थगित वार्षिक साधारण सभा आउँदो पुस २ गते आयोजना हुने भएको छ । 

बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यसअघि स्थगित २२ औँ वार्षिक साधारण सभा पुस २ गते पोखराको होटल पोखरा ग्रान्डमा भिडियो कन्फ्रेन्समार्फत गर्ने निर्णय गरेको हो ।

बढ्दो कोभिड संक्रमण र चाडपर्वको व्यस्ततालाई कारण देखाउँदै बैंकले यसअघि तय गरिसकेको २२ औं वार्षिक साधारणसभा स्थगित गरेको थियो। 

बैंकले आर्थिक वर्ष २०७६ ७७ को मुनाफाबाट रु. २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ अर्थात चुक्ता पुँजीको ३।३७ प्रतिशतका दरले नगद लाभांश र ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ अर्थात चुक्ता पुँजीको ७।०३ प्रतिशत बराबरको बोनस सेयर वितरणको विशेष प्रस्ताव पेश गरिने छ । 

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने सम्पूर्ण कार्यहरु गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गरिनेछ। 
यसका साथै आ.व २०७६÷७७ को सञ्चालक समितिकाचे वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ । 

उक्त सभामा लेखापरिक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान हिसाब, बाँडफाँड तथा नगद प्रवाह विवरण लगायतका सम्पूर्ण विवरणहरु पारित गरिनेछ । त्यस्तै आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गरिनेछ । 

 


Share this with your friends: