नेप्सेद्वारा किसान लघुवित्तको कारोबार रोक्का, गलत सूचना दिएको भन्दै स्पष्टीकरण माग

2021-03-23
नेप्सेद्वारा किसान लघुवित्तको कारोबार रोक्का, गलत सूचना दिएको भन्दै स्पष्टीकरण माग

काठमाण्डौ । वार्षिक साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव हटाएको साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ। नेप्सेले संस्थाले गलत सूचना दिएको र पटक पटक सूचना परिवर्तन गरेको भन्दै आज(चैत १० गते)देखि संस्थाको सेयर कारोबार रोक्का गरेको हो। 

यस्तै नेप्सेले चैत १० गतेको निर्णयअनुसार हकप्रद जारी गर्ने भन्ने प्रस्ताव राखि पुनः हटाई संसोधन गर्नु र हकप्रद जारी गर्ने भन्ने सञ्चालक समितिको प्रस्ताव समयमानै जानकारी दिन नसक्नुको कारण खुलाउन स्पष्टीकरण सोधेको छ। 

संस्थाको गत चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा सम्बन्धि विशेष प्रस्तावमा १ः१ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव गरेको थियो। संस्थाले हकप्रद जारी गर्ने भन्ने आफ्नो उक्त प्रस्तावलाई चैत ०९ गते पुनः संसोधन गर्दै हटाएको थियो। 

नेप्सेले संस्थाले उक्त निर्णय चैत ९ गते दिउँसो ३.५६ बजे नेप्सेमा पठाएकाले उक्त कार्यले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ को १(घ) अनुसार सेयरको मूल्यमा प्रभाव पार्ने सूचना तथा जानकारी सृजना भएमा सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेश गर्नुपर्ने भन्ने व्यवस्था समेत उल्लंघन गरेको जनाएको छ।  

 


Share this with your friends: