सीआईटीद्वारा लाभांस प्रस्ताव

2021-04-04
सीआईटीद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले लाभांस वितरणको प्रस्ताव गरेको छ। कोष सञ्चालन समितिको चैत २१ गते बसेको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि ९ प्रतिशत बोनस सेयर र ८.८४७ प्रतिशत नगद लाभांस गरी कुल १७.८४७ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांसमा ९ प्रतिशत अर्थात २७ करोड रुपैयाँ बराबरको बोनस सेयर र ८.८४७ प्रतिशत अर्थात २६ करोड ६८ लाख ४२ हजार १०५.२६ प्रतिशत नगद लाभांस रहेका छन्। 

यो लाभांस अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि कोषको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ। 

 


Share this with your friends: