परिसूचक १६.०४ अंकले बढ्यो,बीमातर्फ नेपाल लाइफको सेयरमूल्यमा उछाल

2022-03-22
परिसूचक १६.०४ अंकले बढ्यो,बीमातर्फ नेपाल लाइफको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक २६८.८८ अंकले बढ्दै १४६६०.६९ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ८४.६५ अंकले बढ्दै १२२४०.१५ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज नेपाल लाइफको सेयरमूल्य ५.१८ प्रतिशतले बढ्दै प्रतिकित्ता ११६७ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक १६.०४ अंकले बढ्दै २६५०.७० बिन्दुमा पुग्यो। यो दिन बजारमा २३५ कम्पनीका ५३ लाख २९ हजार ९९३ कित्ता सेयर २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८.३० रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ३ वटा उपसूचक बाहेक अन्य सबै उपसूचकमा गिरावट आयो। बैंकिङ उपसूचक ६.८१ अंकले बढेको आज विकास बैंक ५६.७५,होटल २०.१७,लगानी ०.५२,उत्पादन तथा प्रशोधन ४९.६३,लघुवित्त २६.३९ र म्युचुअल फन्ड ०.२० अंकले बढ्यो। 

तीनवटा उपसूचकमा आज गिरावट आयो। वित्त उपसूचक ७.८७,हाइड्रो १३.२९ र व्यापार उपसूचक १०.५४ अंकले घट्यो। 

आज इर्मिङ नेपालको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो। त्यस्तै राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य ६.०९,समता घरेलु लघुवित्त ४.७७ र विशाल बजारको सेयरमूल्य २.७५ प्रतिशतले बढ्यो। 

आज कालिका पावर कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य २.८१ प्रतिशतले घट्यो। 

यो दिन प्रभु इन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक अर्थात १५ करोड ३३ लाख बढीको सेयर कारोबार भयो।     

 


Share this with your friends: