सूर्यज्योति लाइफ (साविक ज्योति लाइफ)ले मुनाफालाई जगेडा कोषमा राख्ने

2 महिना अगाडी
सूर्यज्योति लाइफ (साविक ज्योति लाइफ)ले मुनाफालाई जगेडा कोषमा राख्ने

काठमाण्डौ । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड(साविक ज्योति लाइफ)ले गत आ.व.का लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रदान नगर्ने भएको छ । 

कम्पनीको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश नदिने निर्णय गरेको हो ।  

साविक ज्योति लाइफको आर्थिक वर्ष २०७९/८० को मिति २०७९ साउन १ देखि पुस ६ गतेसम्मको वित्तीय विवरणअनुसार मुनाफा रहेको र सो मुनाफा रकम जगेडा कोषमा राख्ने निर्णय भएको हो । यस्तै, साविकको ज्योति लाइफको पूँजी,रिजर्भ,लगानी रकम,जीवन बीमा कोष लगायतको सम्पूर्ण सम्पत्ति तथा दायित्व सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा समायोजन गर्ने निर्णय पनि गरेको छ ।  

कम्पनीले आव २०७९/८०  मा लाभांश वितरण नगर्ने प्रस्तावसहित कम्पनीको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको छ । 

साविकको ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी कायम भई २०७९ पुस ७ गतेदेखि एकिकृत कारोबार सुरु गरेका थिए ।


Share this with your friends: