अजोडको बिमाशुल्क आर्जनमा ७९.१५%को छलाङ, नाफा रु. ६.२० करोड

2020-08-11
अजोडको बिमाशुल्क आर्जनमा ७९.१५%को छलाङ, नाफा रु. ६.२० करोड

चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले बिमाशुल्कबापत २७ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले बिमाशुल्कबापत १५ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको थियो। 
यो त्रैमासमा कम्पनीले पुनर्बिमा कमिसन आयअन्तर्गत १४ करोड ३९ लाख आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १०९.७७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले पुनर्बिमा कमिसन आयबापत ६ करोड ८६ लाख आर्जन गरेको थियो। 
समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आयबापत ३ करोड २४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो समीक्षा अवधिभन्दा ९१.५२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो आय १ करोड ६९ लाख रुपैयाँ थियो। 
समीक्षा अवधिमा कम्पनीले ८ करोड ७२ लाख रुपैयाँ खुद दाबीभुक्तानी गरेको छ। अघिल्लो वर्ष यो रकम १ करोड ३१ लाख रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले ५६१.१३ प्रतिशत बढी खुद दाबीभुक्तानी गरेको छ। 
त्यस्तै यो त्रैमासमा कम्पनी ६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको भन्दा ५०.६८ प्रतिशत धेरै हो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा ४ करोड ११ लाख रुपैयाँ थियो। 
खर्चतर्फ नियाल्दा समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च १९ करोड ५८ लाख रुपैयाँ रहेको छ। यो रकम अघिल्लो अवधिभन्दा ५५.०७ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीको व्यवस्थापन खर्च १२ करोड ६२ लाख रुपैयाँ थियो। 
त्यस्तै समीक्षा अवधिमा कम्पनीको बिमा कोषमा ६ करोड १६ लाख रुपैयाँ जम्मा भएको छ। जुन अघिल्लो वर्षको तुलनामा १०१.५५ प्रतिशत बढी हो। अघिल्लो वर्षमा बिमा कोषमा ३ करोड ५ लाख रुपैयाँ जम्मा गरेको थियो। 
कम्पनीले जगेडा तथा कोषको आकार पनि १३४.६४ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष १ करोड ९३ लाख रुपैयाँको जगेडा तथा कोषको आकार बढेर समीक्षा अवधिममा ४ करोड ५४ लाख रुपैयाँको भएको छ। 
त्यस्तै समीक्षा अवधिमा महाविपत्ति कोषमा कम्पनीले ७० लाख ८४ हजार रुपैया जम्मा गरेको छ। यो रकम अघिल्लो समीक्षा अवधिभन्दा २२८.८७ प्रतिशत धेरै हो। अघिल्लो यो रकम २१ लख ५४ हजार रुपैया थियो। 
समीक्षा अवधिमा कम्पनीको ९१ हजार २२७ बिमा लेख जारी गरेको छ। अघिल्लो कम्पनीले ४९ हजार ८९४ बिमा लेख जारी गरेको थियो। 
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.६८ रुपैयाँ रहेको छ। त्यस्तै प्रतिसेयर नेटवर्थ ११५.९७ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९२.०४ रुपैयाँ रहेको छ।  
  

 


Share this with your friends: