अपर सोलु हाइड्रो इलेक्ट्रिकले पायो आईपीओ निष्कासनको अनुमति

2022-04-20
अपर सोलु हाइड्रो इलेक्ट्रिकले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले चैत ७ गते कम्पनीलाई ३३ करोड ७ लाख ५० हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ३३ लाख ७ हजार ५ सय कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो । 

निष्कासनको अनुमति पाएसँगै अब कम्पनीले आयोजना प्रभावित र आम सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल रहेको छ । 


Share this with your friends: