अपि पावरको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

2022-03-28
अपि पावरको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा निष्कासन गर्न लागिएको ३९.३६३२९२६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ३६३.२७ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४६६.९० रुपैयाँ थियो। 
कम्पनीले आगामी चैत २५ गतेदेखि हकप्रद निष्कासन गर्नेछ । यो हकप्रदमा चैत १३ गतेसम्म कायम सेयरधनीहरुले आवेदन दिने सक्नेछन् ।
कम्पनीले १०ः०.३९३६३२९२६ अनुपातमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।  

कम्पनीको गत भदौ २५ गते सम्पन्न १८ औँ वार्षिक साधारणसभा बाट चुक्तापुँजीको चुक्तापूँजी रु.२७५.८९ करोडको १ बराबर ०.३९३६ का दरले हुने रु.१०८.६ करोड बराबरको हकप्रद जारी गर्ने मुख्य अजेन्डा पारित गरिएको थियो । 


Share this with your friends: