अपि पावरको हकप्रद सेयरका लागि योग्य हुने आज अन्तिम अवसर

2022-03-27
अपि पावरको हकप्रद सेयरका लागि योग्य हुने आज अन्तिम अवसर

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज(चैत १३ गते)अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि भोलि चैत १४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।  

कम्पनीले १०ः०.३९३६३२९२६ अनुपातमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।  

कम्पनीको गत भदौ २५ गते सम्पन्न १८ औँ वार्षिक साधारणसभा बाट चुक्तापुँजीको चुक्तापूँजी रु।२७५.८९ करोडको १ बराबर ०.३९३६ का दरले हुने रु।१०८।६ करोड बराबरको हकप्रद जारी गर्ने मुख्य अजेन्डा पारित गरिएको थियो । 

कम्पनीको हकप्रद सेयर निष्कासनको प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले फागुन २६ गते स्वीकृती प्रदान गरेको थियो ।   


Share this with your friends: