अपि पावर कम्पनीले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने

2021-07-21
अपि पावर कम्पनीले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आगामी साउन १३ गतेदेखि सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले गत जेठ २० गतेदेखि असार १३ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको २ लाख १५ हजार ५९९ कित्ता सेयर हकप्रद सेयर लिलामीमा राख्न लागेको हो । 

यो लिलामी सेयरमा इच्छुक व्यक्ति, संघ संस्था वा कम्पनीहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएकाले लगानीकर्ताले सो मूल्यभन्दा बढी रकम अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सेयर संख्याका लागि कुनै हद तोकिएको छैन । 

लगानीकर्ताले मुक्तिनाथ क्यापिटल हात्तिसार, मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरु भक्तपुर ठिमी, कुमारीपाटी ललितपुर, इटहरी, इलाम, पृथ्वीचोक–पोखरा, बुटवल, विराटनगर, वीरगंज,नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुरमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । लगानीकर्ताले साउन २० गतेसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । 

यो लिलामी सेयरको बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।   


Share this with your friends: