अमेरिकामा आएको तुफानले त्यहाँका बीमा कम्पनीहरुलाई नराम्ररी प्रभावित बन्ने चेतावनी

2020-08-30
अमेरिकामा आएको तुफानले त्यहाँका बीमा कम्पनीहरुलाई नराम्ररी प्रभावित बन्ने चेतावनी

काठमाण्डौ । अमेरिकामा आएको तुफान “लाउरा” का कारण त्यहाँका सम्पत्ति तथा दुर्घटना(पि/सी) बीमाकर्ता र पूर्नबीमा कम्पनीहरुले घाटा व्यहोर्नुपर्ने भएको छ । रेटिङ विष्लेषक “ए.एम बेष्ट” र “मुडिज्”ले यस्तो प्रक्ष्येपण गरेका हुन् । 

ए.एम बेष्टले कोरोना महामारीका कारण पहिले नै कमजोर बनेको आफ्ना रेटेड बीमा कम्पनीहरुको ब्यालेन्स सिटमा थप तनाव सिर्जना हुने अनुमान लगाएको छ । 

यद्यपी रिइन्स्योरेन्स कम्पनीहरुले घाटालाई कम गर्न सहयोग गर्न सक्ने अनुमान लगाइएको छ । यसका साथै घाटा भएका क्षेत्रहरुमा रिइन्स्योरेन्स दर बढ्न सक्ने भएकाले तुफानले भविष्यको जोखिम व्यवस्थापन रणनीतीलाई चुनौति दिनेछन् । 

ए.एम बेष्टले साना कम्पनीहरुको पूँजि स्तर धेरै नै जोखिममा भएपनि विवेकशील कम्पनीहरुको जोखिम व्यवस्थापन रणनितीहरुले घाटामा पुर्याउने र यसले पूँजिलाई भन्दा पनि आम्दनीलाई बढी असर गर्ने जनाएको छ । ए.एमले धेरैजसो रेटेड बीमाकर्ताले १–१०० वर्षको तुफानसंग जोडिएको अनुमानित घाटाभन्दा धेरै फस्ट इभेन्ट कभर खरीद गरेको जनाएको छ । यसका साथै सबैभन्दा धेरै प्रभावित व्यवासायिक लाइनमा आगलागी, घर नोक्सान र सवारी साधनको भौतिक नोक्सान हुनेछन् । 

मुडिजले क्षेत्रिय कम्पनीहरु सबैभन्दा धेरै जोखिमपूर्ण अवस्थामा रहेको जनाएको छ । यसका साथै एक्सपोजर, भौगोलिक विविधीकरण, उच्च गुणस्तरको रिइन्स्योरेन्स सुरक्षा र बलियो पूँजि आधारले ठूला राष्ट्रिय बीमा कम्पनीहरुले यो तुफानको सामना गर्न सक्ने उल्लेख गरेको छ । रेटिङ एजेन्सीले रिपोर्टमा भनेको छ कि क्षेत्रीय बीमा कर्ता र राज्य बीमा फन्डले आफ्ना भौगोलिक प्राथमिकताका आधारमा अधिक प्रभावको सामना गर्नेछन् । 
मुडिज्ले पुर्नबीमा र बीमा कम्पनीहरुले घाटा व्यहोर्नुपर्ने अनुमान लगाएको छ । यस्तै अमेरिकाको गल्फ कोस्ट पुर्नबीमा कम्पनीहरुका लागि चरम प्रकोप क्षेत्र भएको र टेक्सास र लुसियानाको सम्पर्कमा भएकाहरुले अर्थपूर्ण नोक्सान व्यहोर्नुपर्ने जनाएको छ ।  

 


Share this with your friends: