अरुण काबेलीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2020-11-27
अरुण काबेलीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ५.७१ प्रतिशत बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन गरिएको हो। 

हिजो शुक्रबार नेपाल स्टक एक्सचेन्जले कम्पनीद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रति कित्ता २५४ रुपैयाँ कायम गरेको हो। यो कम्पनीको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २६९ रुपैयाँ थियो।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५.७१ प्रतिशत बोनससँगै ०.२९ प्रतिशत नगद लाभांश गरी कुल ६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश यो कम्पनीको मंसिर २२ गते डाकिएको १० औँ वार्षिक साधारणसभाबाट पारित गरिनेछ। 

कम्पनीले आज(मंसिर १२ गते)बाट मंसिर २१ गतेसम्मका लागि बुक क्लोजको मिति तय गरेको छ।  


Share this with your friends: