अरुण भ्याली हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

2021-05-16
अरुण भ्याली हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख ६ गतेदेखि प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद(१ः०.५)अनुपातमा हकप्रद निष्कासन गरेको थियो । कम्पनीले हकप्रद निष्कासनका लागि गत चैत ९ गतेदेखि बुक क्लोज गरेकाले चैत ८ गतेसम्म कायम साविकका सेयरधनीहरुले मात्रै यो हकप्रदमा आवेदन दिन सक्नेछन् ।  

कम्पनीले हकप्रद निष्कासन गत वैशाख २६ गते बन्द गर्ने निर्णय गरेको थियो । तर कोरोना महामारीको वर्तमान विषयमा परिस्थितीका कारण हकप्रदमा आवेदन दिने समयावधि जेठ २ गतेसम्म लम्बाइएको थियो । 
हकप्रद निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। हकप्रद निष्कासन आगामी बैशाख २६ गते बन्द हुनेछ । लगानीकर्ताले अरुण भ्याली हाइड्रोपावर कम्पनीको थापाथलीस्थित कार्यालय, मुक्तिनाथ क्यापिटल हात्तिसार, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहहरु इटहरी, इलाम, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्वा प्रणालीमार्फत समेत आवेदन दिन सक्नेछन् ।   

कम्पनीको २३ औँ वार्षिक साधारण सभाबाट पारित हकप्रद निष्कासनको प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले फागनु २५ गते अनुमति प्रदान गरेको थियो। कम्पनीले १ः०.५(५० प्रतिशत)को अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद जारी गर्न अनुमति प्राप्त गरेको थियो। 

कम्पनीले सत्प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको थियो। तर विद्युत नियम आयोगले कम्पनीलाई दुई चरणमा हकप्रद निष्कासन गर्न अनुमति दिएको थियो। अब कम्पनीले ५० प्रतिशत हकप्रद जारी गरेपछि दोस्रो चरणमा फेरी ५० प्रतिशत हकप्रद जारी गर्नेछ। 


Share this with your friends: