अरुण भ्याली हाइड्रोको हकप्रद बाँडफाँड सम्पन्न

2021-06-03
अरुण भ्याली हाइड्रोको हकप्रद बाँडफाँड सम्पन्न

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले जेठ १८ गते बाँडफाँड गरेको हो। 

कम्पनीले गत वैशाख ६ गतेदेखि प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद(१ः०.५)अनुपातमा हकप्रद निष्कासन गरेको थियो ।
क्यापिटलले कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका २२ हजार ७० जना सेयरधनीहरुलाई ४८ लाख ४ हजार ३१३ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो। 

आफ्नो कायम हकभन्दा बढी सेयर माग गरि दरखास्त दिएका आवेदकहरुको हकमा बाँडफाँड नपरेका हकप्रद सेयर बापतको रकम जेठ २१ गतेदेखि आईपीएस मार्फत सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ। यसका साथै कम्पनीले आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गर्न समेत सूचित गरेको छ। 


Share this with your friends: