अरुण भ्यालि हाइड्रोपावरको अवितरित हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

2021-06-30
अरुण भ्यालि हाइड्रोपावरको अवितरित हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज(असार १६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले गत वैशाख  ६ गतेदेखि जेठ २ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेका ४ लाख  ३५ हजार ८९४ कित्ता सर्वसाधारण समूहतर्फको हकप्रद सेयर गत असार ९ गतेदेखि लिलामीमा राखेको थियो। कम्पनीले गत चैत ८ गतेसम्म कायम सेयरधनीहरुका लागि १ सेयर बराबर ०.५० सेयर(१ः०.५०) को अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला गरेको थियो। 

इच्छुक लगानीकर्ताले हकप्रद खरिदका लागि मुक्तिनाथ क्यापिटल हात्तिसार काठमाण्डौ, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहहरु इटहरी, इलाम, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर तथा अरुण भ्याली हाइड्रोपावर कम्पनीको थापाथलीस्थित कार्यालयमा दरखास्त आवेदन बुझाउने सक्नेछन्। 

यो हकप्रदको न्युनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। त्यसैले बोलपत्र पेश गर्दा न्युनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नु पर्नेछ। लगानीकर्ताले न्युनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा भने सेयर संख्याको कुनै सीमा तोकिएको छैन। 

हकप्रदको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 


Share this with your friends: