अरुण काबेली पावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-08-29
अरुण काबेली पावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । अरुण काबेली पावर कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तावित कुल १७.८९ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

लाभांस वितरण प्रयोजनका लागि कम्पनीले भदौ १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तर भोलि कृष्ण जन्माष्टमीको सार्वजनिक बिदा परेकाले आजसम्म कायम सेयरसधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन् । 

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांस गरी कुल १७.८९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 

यो लाभांस कम्पनीको आगामी भदौ २६ गते आयोजना हुन गईरहेको कम्पनीको ११ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।   


Share this with your friends: