अरुण भ्यालि हाइड्रोपावरद्वारा लाभांस वितरण तथा हकप्रद निष्कासनको प्रस्ताव

2021-09-16
अरुण भ्यालि हाइड्रोपावरद्वारा लाभांस वितरण तथा हकप्रद निष्कासनको प्रस्ताव

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांस वितरण तथा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आज(भदौ ३१ गते)बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरण तथा हकप्रद निष्कासनको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । 

यस्तै उक्त बैठकले बोनस सेयरपश्चात जारी हुने चुक्तापूँजीमा ५० प्रतिशत(१ः०.५० अनुपातमा)हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत गरेको छ । 
लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी असोज ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  


Share this with your friends: