काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(असोज १० गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि(असोज ११ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।
कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांस आगामी असोज २४ गते आयोजना हुने कम्पनीको २४ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।