अरुण भ्यालि हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

2021-03-21
अरुण भ्यालि हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीको १ः५० अर्थात ५० प्रतिशत अनुपातको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

हकप्रद निष्कासनका लागि कम्पनीले भोलि(चैत ९ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद प्राप्त गर्न योग्य हुनेछन्। 

कम्पनीको २३ औँ वार्षिक साधारण सभाबाट पारित हकप्रद निष्कासनको प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले फागनु २५ गते अनुमति प्रदान गरेको थियो। कम्पनीले १ः५०(५० प्रतिशत)को अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद जारी गर्न अनुमति प्राप्त गरेको छ। 

हकप्रद निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। 

कम्पनीले सत्प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको थियो। तर विद्युत नियम आयोगले कम्पनीलाई दुई चरणमा हकप्रद निष्कासन गर्न अनुमति दिएको थियो। अब कम्पनीले ५० प्रतिशत हकप्रद जारी गरेपछि दोस्रो चरणमा फेरी ५० प्रतिशत हकप्रद जारी गर्नेछ। 

 


Share this with your friends: