अस्पतालको बिल तिर्न मेगा बैंकको ‘मेगा मेडी कार्ड’ सुविधा

2021-07-04
अस्पतालको बिल तिर्न मेगा बैंकको ‘मेगा मेडी कार्ड’ सुविधा

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले  ‘मेगा मेडी कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ। बैंकले आफ्ना ग्राहकलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ । 

यो सुविधामार्फत मेगा बैंकका क्रेडिट कार्ड सुविधा उपभोग गरिरहेका ग्राहकले न्यूनतम् २० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म क्रेडिट कार्ड (इन्स्टा–बाई) सुविधा १८ महिनासम्मका लागि उपभोग गर्न पाइने बैंकले जनाएको छ । जसका कारण ग्राहकलाई उपचारका लागि तत्कालै रकमको जोहो गर्न सहज हुने विश्वास बैंकले लिएको छ। बैंकले ग्राहकले आवश्यक कागजपत्र पेस गरेको २ दिनमानै ग्राहकलाई यो सुविधा उपलब्ध गराउने ब्यवस्था मिलाएको जनाएको छ। 

बैंकका डिजिटल तथा ई–बैंकिङ विभाग प्रमुख विश्व सिंहका अनुसार यो सुविधाका लागि प्रक्रियागत शुल्क निःशुल्क गरिएको छ । त्यस्तै क्रेडिट कार्डबापत लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए । यसका साथै बैंकले बैंकबाट क्रेडिट कार्ड सुविधा प्रयोग गरिरहेका ग्राहकले हेल्थ प्याकेज लिन चाहेमा त्यसको भुक्तानी गर्ने सुविधासमेत ल्याएको छ। अस्पतालको बिल भुक्तानीका लागि बिरामीको परिवारलाई समेत नाता प्रमाणित प्रमाणपत्रका आधारमा रकम उपलब्ध गराइने भएकाले यो सुविधा निकै सहज र प्रभावकारी हुने मेगा बैंकले जनाएको छ। 


यसअन्तर्गत अस्पतालको बिल सोझै बैंकसमक्ष पेस गरी क्रेडिट कार्डमार्फत अस्पताललाई भुक्तानी गर्न सकिनेछ भने ग्राहकले आफूले भुक्तानी गरिसकेको बिलको शोधभर्नासमेत लिन सकिनेछ।

बैंकको देशभरका शाखा कार्यालयबाट उपलब्ध यस सुविधाबारे विस्तृत विवरणका लागि आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क राख्न मेगा बैंकले अनुरोध गरेको छ। 


Share this with your friends: