आइएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा जोशी नियुक्त

2020-12-06
आइएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा जोशी नियुक्त

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकि छिन्। कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार जोशीलाई कम्पनी सचिवमा नियुक्त गरिएको हो। 

जोशीलाई २०७७ मंसिर २१ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरिएको हो। कम्पनीको कानुन विभागकी नायव प्रबन्धक रहेकी जोशीलाई कम्पनी सचिवको समेत कार्य गर्ने गरी कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।  

 


Share this with your friends: