आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, बोनस तथा हकप्रद निष्कासनको प्रस्ताव पारित

2021-04-25
आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, बोनस तथा हकप्रद निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बोनस र हकप्रद जारीको अजेन्डा अनुमोदन गर्दै आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २३ औँ वार्षिक साधारणसभा आज(आइतबार) सम्पन्न भएको हो।

कम्पनीको वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको ७ प्रतिशतले हुन आउने बोनस सेयर अनुमोदन गरेको हो। साथै, सोही सभाले बोनस सेयर वितरणश्चात हुने कम्पनीको चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयर प्रस्ताव पनि अनुमोदन गरेको छ। यो हकप्रद नियामक बीमा समितिबाट स्वीकृत भएपछि जारी गरिने विशेष प्रस्ताव पारित भएको हो।

हकप्रद जारी भएपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ६२ करोड ६ लाख २० हजार ४०० रुपैयाा पुग्ने कम्पनी सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले जानकारी दिए। 


Share this with your friends: