आईपीओ निष्कासन गर्न एलआईसीको अधिकृत पूँजी २.५ गुणाले बढाउने भारतको तयारी

2021-03-08
आईपीओ निष्कासन गर्न एलआईसीको अधिकृत पूँजी २.५ गुणाले बढाउने भारतको तयारी

काठमाण्डौ । भारत सरकारले आफ्नो पूर्ण स्वामित्वमा रहेको ‘लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डिया’(एलआईसी)को अधिकृत पूँजी २.५ गुणाले बढाउने भएको छ। भारत सरकारले देशको सबैभन्दा ठूलो जीबन बीमा कम्पनीको अधिकृत पूँजी बढाएर ३.४ बिलियन अमेरिकी डलर(२५० बिलियन भारतिय रुपैयाँ) पुर्याउने प्रस्ताव गरेको हो। 

यसका लागि भारत सरकारले ‘लाइफ इन्स्योरेन्स कर्पोरेशन एक्ट १९५६’ लाई संसोधन गर्ने प्रस्ताव गरेको छ। प्रेस ट्रष्ट अफ इन्डियाका(पीटीआई) अनुसार अहिले लाइफ इन्स्योरेन्स कर्पोरेशनको चुक्तापूँजी १०० बिलियन भारतीय रुपैयाँ रहेको छ। 

सरकारले अप्रिल १ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको कम्पनीको सहजताका लागि अधिकृत पूँजी बढाउने तयारी गरेको हो। 

यस्तै आईपीओ निष्कासन गरिएको ५ वर्षसम्म कम्पनीमा भारत सरकारको स्वामित्व ७१ प्रतिशत रहने र त्यसपश्चात भने सधैका लागि ५१ प्रतिशत स्वामित्व रहने गरी संसोधन गर्ने तयारी भईरहेको पीटीआईले जनाएको छ। 

अर्थमन्त्रि निर्मला सीतारमणले बजेट भाषणका क्रममा एलआईसीको आईपीओ निष्कासन आउँदो आर्थिक वर्षमा जारी गरिने बताएकी थिइन्। अहिले एलआईसीमा भारत सरकारको सत्प्रतिशत स्वामित्व रहेको छ। एलआईसीले जारी पूँजिको २५ प्रतिशत आईपिओ जारी गर्ने तयारी गरेको छ। एलआईसीले ल्याउने भनिएको यो आईपिओ भारतको अहिले सम्मकै सबैभन्दा ठूलो आईपिओ हुनेछ।  

 


Share this with your friends: