आईपीओ निष्कासनको मुख्य अजेन्डासहित एक्कर्ड फर्मास्युटिकल्सले डाक्यो वार्षिक साधारण सभा

2022-05-02
आईपीओ निष्कासनको मुख्य अजेन्डासहित एक्कर्ड फर्मास्युटिकल्सले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको पहिलो वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी जेठ ५ गते काठमाण्डौमा रहेको बसेरा बुटिक होटल बबरमहलमा १२ः३० बजे आयोजना गर्ने निर्णय गरेको हो । 

उक्त सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै कम्पनीको जारी पूँजी वद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ । सभामा  आईपीओ जारी गर्ने सम्बन्धमा नियमनकारी निकायहरुबाट कुनै पनि किसिमको फेरबदल,संशोधन एवं थपघट सम्बन्धी निर्देशन प्राप्त भएमा निर्देशन बमोजिमको कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । 

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा आ।व २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्साना हिसाब, नगद प्रवाह विवरण र यससँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 


Share this with your friends: