आईपीओ निष्कासन गर्दै महिला लघुवित्त, धितोपत्र बोर्डमा आवेदन

2020-11-19
आईपीओ निष्कासन गर्दै महिला लघुवित्त, धितोपत्र बोर्डमा आवेदन

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वासाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले आईपीओ निष्कासनको अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता १०० दरका ४ लाख कित्ता आइपीओ निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो । 

संस्थाको आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेड रहेको छ । 


Share this with your friends: