आईपीओ निष्कासनको तयारीमा पिपुल्स पावर, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

2020-11-26
आईपीओ निष्कासनको तयारीमा पिपुल्स पावर, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। इलामको इलाम नगरपालिकास्थित पुवाखोलामा ४।९६ मेगावाटको आयोजना निर्माण गरिरहेको कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा गरेको हो। 

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। पिपुल्स पावर र प्रभु क्यापिटलबीच आज एक कार्यक्रमबीच आईपीओ निष्कासन तथा बिक्रीसम्बन्धी सम्झौता सम्पन्न भएको हो।

सम्झौतामा पिपुल्स पावरका सञ्चालक सन्तोषराज नेपाल र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्। 

यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ।

 


Share this with your friends: