आईसीएफसी फाइनान्सद्वारा लाभांस प्रस्ताव

2020-12-07
आईसीएफसी फाइनान्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांसमा गत असार मसान्तसम्म कायम चुक्तापुँजी ९२ करोड ६५ लाख २ हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १३ करोड ८९ लाख ७५ हजार ३०० रुपैयाँबराबरको लाभांश रहेका छन्। 

कुल १५ प्रतिशतमध्ये १०.५० प्रतिशतले हुन आउने ९ करोड ७२ लाख ८२ हजार ७१० रुपैयाँबराबरको बोनस सेयर र ४.५० प्रतिशतले हुन आउने ४ करोड १६ लाख ९२ हजार ५९० रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव गरिएको छ। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। 

 


Share this with your friends: