आईसीएफसी फाइनान्सको सेयरमूल्य समायोजन

2021-01-03
आईसीएफसी फाइनान्सको सेयरमूल्य समायोजन

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेप्सेले कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

आईसीएफसी फाइनान्सद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १०.५० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले कम्पनीको प्रतिकित्ता सेयरको मूल्य २६२ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता २९० रुपैयाँ कायम थियो। कम्पनीको सञ्चालक समितिको बैठकले गत आ।व का लागि १०.५० प्रतिशत बोनस सेयर र ४.५० प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने छ। 


Share this with your friends: