आईसीएफसी फाइनान्सद्वारा वार्षिक साधारण सभा आह्वान

2021-11-25
आईसीएफसी फाइनान्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले १८ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस ५ गते काठमाण्डौ भाटभटेनीमा रहेको आम्रपाली ब्यांक्वेटमा बिहान १०
 बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांस गरी कुल १४ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। 

यस्तै कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने र यसमा कुनै फेरबदल गर्न नियमनकारीबाट कुनै निर्देशन प्राप्त भएमा सोहि बमोजिम फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ। 

सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी मंसिर २३ गतेदेखि पुस ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।


Share this with your friends: